२२ भदौ २०८३, सोमबार | September 7, 2026

यू-१९ एसिया कप : जित्नै पर्ने दबाबका बीच अफगानिस्तानको सामना गर्दै नेपाल



काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज (आइतबार) समूह चरणको दोस्रो खेल खेल्दै छ । दोस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आइतबार जित्नै पर्छ । नेपाल र अफगानिस्तानबीचको खेल, संयुक्त अरब ईमिरेट्स (यूएईस्थित) आईसीसी एकेडेमीको ओभल २ मैदानमा हुनेछ । खेल नेपाली समयानुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित भएका थिए । शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य पाकिस्तानले मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

आफ्नो पहिलो खेलमा अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो । पहिलो खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले भारतलाई जितका लागि १७३ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य भारतले मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : ५६ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११