१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देशमा सुशासन कायम गर्न नागरिक अगुवाहरुको जोड



काठमाडौं । नागरिक समाजका प्रतिनिधिले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन दिन माग गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजद्वारा आज आयोजित कार्यक्रममा पछिल्लो समय एनसेल घोटाला, राजतन्त्र पुनःस्थापना र लोकतन्त्र विरोधी आन्दोलनले जनता निराश भएका उनीहरूको ठहर छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नागरिकलाई आर्थिकरूपमा बलियो बनाउन राज्यले सोच्नुपर्नेमा जोड दिइन । उनले स्थानीय तहले विकासको नाममा जनताबाट चन्दारअनुदानलगायत नाममा जनताकै पैसा लुट्ने गरेको आरोप लगाइन ।

आयोजक संस्थाका संस्थापक सभापति कृष्ण पहाडीले भ्रष्टाचार अन्त्यका लागि नागरिक आन्दोलन आवश्यक रहेको बताए। उनले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता संरक्षणका लागि सबै जनता एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

सोही संस्थाका सभापति रामकृष्ण बरालले प्रशासन तथा कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारका कारण नागरिकमा निराशा छाएको जिकिर गरे ।

प्राध्यापक लोकराज बरालले सरकारको नेतृत्व गर्ने दल संविधानप्रति उत्तरदायी हुनुपर्ने बताए। देशमा भइरहेको अराजकता अन्त्यका लागि नागरिक समाजका अभियान्ताले सडकबाट दबाब सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ५५ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्