१६ बैशाख २०८३, बुधबार | April 30, 2026

देशमा सुशासन कायम गर्न नागरिक अगुवाहरुको जोड



काठमाडौं । नागरिक समाजका प्रतिनिधिले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन दिन माग गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजद्वारा आज आयोजित कार्यक्रममा पछिल्लो समय एनसेल घोटाला, राजतन्त्र पुनःस्थापना र लोकतन्त्र विरोधी आन्दोलनले जनता निराश भएका उनीहरूको ठहर छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नागरिकलाई आर्थिकरूपमा बलियो बनाउन राज्यले सोच्नुपर्नेमा जोड दिइन । उनले स्थानीय तहले विकासको नाममा जनताबाट चन्दारअनुदानलगायत नाममा जनताकै पैसा लुट्ने गरेको आरोप लगाइन ।

आयोजक संस्थाका संस्थापक सभापति कृष्ण पहाडीले भ्रष्टाचार अन्त्यका लागि नागरिक आन्दोलन आवश्यक रहेको बताए। उनले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता संरक्षणका लागि सबै जनता एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

सोही संस्थाका सभापति रामकृष्ण बरालले प्रशासन तथा कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारका कारण नागरिकमा निराशा छाएको जिकिर गरे ।

प्राध्यापक लोकराज बरालले सरकारको नेतृत्व गर्ने दल संविधानप्रति उत्तरदायी हुनुपर्ने बताए। देशमा भइरहेको अराजकता अन्त्यका लागि नागरिक समाजका अभियान्ताले सडकबाट दबाब सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ५५ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात