७ चैत्र २०८२, शनिबार | March 21, 2026

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड



बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

उनीहरुले लामो समयसम्म पनि नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न नसक्नु औद्योगिक विकासका लागि राम्रो सङ्केत नभएको बताउँदै रुपन्देहीको मोतिपुरमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रको निर्माण कार्य तत्काल अगाडि बढाउन र बन्द रहेको धागो कारखानाले उपभोग गरिरहेको जग्गा एवं भवनको सदुपयोग गर्नेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

रुपन्देही उद्योग सङ्घले आज बुटवलमा आयोजना गरेको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण र सेजको सञ्चालनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा नयाँ औद्योगिक क्षेत्रको स्थापना, औद्योगिक वातावरण र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठोस नीति र विधि बनाउँदै अगाडि बढ्न व्यवसायीले राज्यसँग आग्रह गरेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका केन्द्रीय अध्यक्ष बाबुराम पन्तले आफू नेत्तृत्वमा आएसँगै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, बन्द बुटवल धागो कारखाना सञ्चालन एवं जग्गाको प्रयोग तथा सेज र औद्योगिक क्षेत्रबीच मर्जरको कामलाई प्राथमिकतामा राखेको बताए ।

उनले बुटवल धागो कारखानालाई पुनःसञ्चालनमा ल्याउन वा त्यसको स्थानमा नयाँ उद्योग सञ्चालन गर्ने विषयलाई आफूले सम्बन्धित निकायमा स्पष्टसँग कुरा राखेको बताए ।

उनले मोतिपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सिमाङ्कन गरी एकैपटक काम अगाडि बढाउन नसकिने र कम विवादित दुई सय ७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोचका साथ सहमति गरी काम अगाडि बढाइएको जानकारी गराए ।

सङ्घका अध्यक्ष दिलीप सापकोटाले औद्योगिक विकास गर्ने कुरामा राजनीतिक विवाद नगरी अगाडि बढ्न आग्रह गरे । यस क्षेत्रमा नयाँ औद्योगिक क्षेत्रको जरुरी भएको र त्यसको समाधानका लागि अगाडि बढाइएको मोतिपुर औद्योगिक क्षेत्रको निर्माणमा देखिएको अवरोधलाई समाधान गर्न लिमिटेडलाई उनले अनुरोध गरे। साथै उनले बु्टवल धागोको व्यवस्थापन र भैरहवास्थित सेज सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसङ्घ, लुम्बिनी प्रदेश अध्यक्ष एवं रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष एजाज आलमले मोतिपुर औद्योगिक क्षेत्रमा देखिएका समस्या एकैपटक समाधान हुन सक्ने अवस्था नभएका कारण सहज रहेको क्षेत्रबाट काम अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष डम्मरदेव अर्याल, बाबुराम बोहोरा, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल, उद्योगी भुपाल कुमार श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्ष नवराज श्रेष्ठलगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ०७ बजे

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको