२२ चैत्र २०८२, आइतबार | April 6, 2026

ध्रुवे हात्तीलाई रेडियोकलर जडान



चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरेको छ । हात्तीलाई आज दिउँसो निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियो कलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताए ।

रेडियोकलर जडान गरिसकेपछि हात्ती समुदाय प्रवेश गर्न लागेमा जानकारी गराउन सहज हुनेछ । रेडियोकलर जडान गर्नुअघि हात्तीको दाह्रा पनि काटिएको थियो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे हात्ती तिहारयता मानव बस्तीमा पस्न थालेपछि निकुञ्जले डार्ट गरी रेडियोकलर जडान गरेको हो ।

रेडियोकलर जडानका लागि निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलि, पाँच हात्ती परिचालन गरिएको थियो । यस हात्तीले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्दै आएको तिवारीले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ९ : ३६ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको