२२ भदौ २०८३, सोमबार | September 8, 2026

भारत लैजाँदै गरेको ७० ग्राम सुनका गहना सहित एकजना पक्राउ



नेपालगन्ज । नेपालगन्ज नाकाहुँदै नेपालबाट भारत तर्फ लैजाँदै गरिएको ६ तोला बराबरका सुनका गहना सहित बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार नेपालगन्ज उपमहानगरपलिका १० साझा चोकस्थित चारबाहीनीबाट जमुनाह तर्फ जाँदै गरेको भारतीय नागरिक बब्लु भन्ने सञ्जय कुमार सोनीको साथबाट ६ तोला सुनको गहना बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

भारतको बाबागञ्ज बस्ने ४० वर्षिय बब्लु भन्ने सञ्जय कुमार सोनीको साथबाट ६ तोला बराबरको सुनका गहना बरामद गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । सोनीले चलाएको यूपी ४० एयू ४१९९ नं. को मोटरसाईकल चेकजाँच गर्दा उक्त परिमाणको सुनका गहना भेटिएको डिएपी डाँगीले बताए ।

प्रहरीका अनुसार बरामद गरिएका गहना मध्य मिनी हार दुईथान, मसिनो सिक्रि एकथान, नथिया ठूलोसानो दशथान, लकेट एकथान, कानमा लगाउने टप चारथान, औंठी एकथान गरी ६ प्रकारका गहना रहेका छन् । नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेले प्रमाणीत गरेको उक्त गहनाको जम्मा तौल ७० ग्रामको रहेको र बजार मूल्य ६ लाख ७८ हजार एकसय ५८ रुपैंया रहेको छ ।

सुनका गहनासँगै सोनीका साथबाट एउटा सुपर स्पिलिन्डर मोटरसाईकल, स्यामसुङ्ग कम्पनीको एकथान ट्याब, कानमा लगाउने ५४ जोर टप र कानमा लगाउने बेरुवा बाली ३१ जोर बरामद गरी थम कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : २७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार