२८ भदौ २०८३, आइतबार | September 13, 2026

होराइजन गौतमबुद्ध मा.विमा चौथो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न



बुटवल । होराइजन गौतमबुद्ध मा.विले चौथो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जिल्लाभरिका विद्यालयहरूसंग आत्मीय सम्बन्ध स्थापित गर्ने तथा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यका साथ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको हो । उक्त प्रतियोगितामा होराइजन गौतमबुद्ध स्कुल संचालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षता रहेको थियो ।

समुद्घाटन कार्यक्रमअन्तर्गत हाजिरी जवाफको हिट राउण्डमा २९ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए । जसअन्तर्गत ६ वटा विद्यालयहरू क्रमशः १० प्यारामाउण्ट बोर्डिङ् सेकेन्डरी स्कुल, तिलोत्तमा २० दिप बोर्डिङ् हाइ स्कुल,बुटवल ३० श्री शान्ति मोडेल सेकेन्डरी स्कुल, तिलोत्तमा ४० पश्चिमाञ्चल इङ्लिस स्कुल, भैरहवा ५० ग्रिन प्लान्ट इ.बो.स्कुल, देवदह ६० एभेष्ट बोर्डिङ् स्कुल फाइनल चरणमा प्रवेश गरेका थिए ।

हाजिरीजवाफ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका विद्यालयबीचको प्रतिस्पर्धाबाट एभरेष्ट बोर्डिङ् स्कुलले प्रथम स्थान, दीप बोर्डिङ् स्कुलले द्वितीय स्थान शान्ति नमूना मा।वि।ले तृतीय स्थान तथा पश्चिमाञचल इङ्लिस स्कुल भैरहवा र ग्रिन प्लान्ट इ।बो स्कुल, देवदहले सान्त्वना स्थान हासिल गरेका थिए । जिल्ला प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना स्थान हासिल गर्न सफल विजयी समूहलाई क्रमशः रु २०,००० शिल्ड तथा प्रमाण पत्र, द्वितीय स्थान हासिल गर्ने समूहलाई रु १५,००० शिल्ड तथा प्रमाण पत्र, र तृतीय हुने समूहलाई रु १०,००० शिल्ड तथा प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्ने दवै समूहलाई रु ३०००। शिल्ड तथा प्रमाण पत्रले सम्मान गरिएको थियो भने सहभागी सम्पूर्ण विद्यालयलाई मायाको चिनो तथा सहभागीताको प्रमाण पत्रले प्रदान गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश (सि.के.) गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी कार्यक्रममा विशिष्ट अतिथिका रूपमा तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, न्यु होराइजन कलेजका क्याम्पस प्रमुख, प्याब्सन नेपालका सल्लाहकार, हिसान नेपालका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, रहेका थिए ।

अतिथिका रूपमा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायत थिए । बुटवल मोडेल कलेजका प्राचार्य नेत्रप्रसाद बस्याल, न्यु होराइजन मातृसंस्थाका उप-प्राचार्य बासुदेव अर्याल, न्यु होराइजन कलेज सञ्चालक समितिका अध्यक्ष निर्मलप्रसाद लाकौल, सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसाल, होराइजन जिविएसका उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, प्राध्यापक प्रदीप अर्याल, डा. तारानाथ भट्टराई, शैक्षिक संयोजक जिवनाथ भण्डारी, प्राध्यापक लक्ष्मण प्रसाद गौतम, प्रकाश घिमिरे, रुद्र भुसाल, विषय विभागीय प्रमुखहरु, शिक्षक, कर्मचारी विद्यार्थी पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका संयोजक, प्राध्यापक मोहन मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका प्राचार्य गोपालप्रसाद आचार्यले कार्यक्रमको औचित्य बारे मन्तव्य राख्दै जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबीच आत्मीय सम्बन्ध स्थापना गर्ने र विद्यार्थीमा अन्तरनिहित क्षमताको प्रस्फुटन गराउने उद्देश्यका लागि विगत वर्षहरूदेखि नै जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिदै आएको र यसले जिल्लाभरिमा रहेका सम्पूर्ण विद्यालयहरूलाई जोड्ने कडीका रूपमा काम गर्ने बताए ।

औपचारिक कार्यक्रमको संचालन डा। नारायण प्रसाद पन्थले गरेका थिए भने हाजिरीजवाफका विभिन्न चरणका कार्यक्रम ऋषिराम पौडेल, मोहन मरासिनी, सरस्वती भट्टराई, गोपालप्रसाद आचार्य, पुस्कर रायमाझी लगायतले गरेका थिए । प्राविधिक व्यवस्थापका रुपमा प्राध्यापक अर्जुन अर्यालको टिमले काम गरिरहेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : ३२ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत