२८ भदौ २०८३, आइतबार | September 13, 2026

होराइजन गाैतमबुद्धमा खाना महोत्सव, रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न



बुटवल । होराइजन गौतम बुद्ध मा.वि तिलोत्तमामा खेल सप्ताहको अन्तिम दिन आज खाना महोत्सव पुरस्कार वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा न्यु होराइजन कलेज व्यवस्थापन समितिका अध्यक्ष निर्मल प्रसाद लाकौल, प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र प्रसाद भुसाल, उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, विज्ञान संकाय प्रमुख प्रदीप अर्याल, प्राध्यापक डा.नारायण प्रसाद पन्थ, रुद्र भुसाल, विभिन्न विषयका विभागीय प्रमुख, शिक्षक तथा कर्मचारीहरु लगायतको आतिथ्यता रहेको थियो ।

होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरुद्वारा आफूले विद्यालयमा सिकेका विभिन्न सीपहरु प्रदर्शन गर्न र विद्यार्थीहरुद्वारा तयार पारिएका खानाका परिकारहरुलाई व्यवसायिक सिपको विकास गर्ने उद्देश्यका साथ खाना महोत्सवको आयोजना गरिएको थियो । आठओटा स्टल रहेको खाना महोत्सवमा सेकुवा, भुटुवा, सेलरोटी, बटुक, मम लगायतका परिकारहरू विद्यार्थी आफै तयार गरेका थिए । कार्यक्रममा खेल सप्ताहमा उत्कृष्ट हुने विभिन्न विधाका खेलाडीहरूलाई मेडल तथा प्रमाण पत्रले पुरस्कृत गरिएको छ । विद्यार्थीहरूमा मानवीय सेवाको भावना विकास गर्नका निम्ति विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा प्राध्यापक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरू गरी १०१ युनिट रगत सङ्कल भएको कार्यक्रम संयोजक डा. नारायण प्रसाद पन्थले बताए ।

खाना महोत्सवमा आठओटा स्टलमा गरी जम्मा चारलाख बराबरको आर्थिक कारोबार भएको र एक लाख पन्ध्र हजार मुनाफा भएको र त्यो मुनाफा विद्यार्थीहरू आफैले बाँड्ने कार्यक्रम संयोजक दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यसैबीच दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफलमा हरेक सेक्सनबाट प्रथम, द्वितीय एवम् तृतीय र सर्वोत्कृष्ट हुने विद्यार्थीहरू तथा अभिभावकलाई नगद तथा पुरस्कारबाट सम्मान गरिएको छ । राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता २०८० मा उत्कृष्ट खेल प्रदर्शन गर्ने १८ जना विद्यार्थीहरूलाई समेत मेडल, नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने विद्यालय बाहिर भएका विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यालयको प्रतिनिधित्व गर्दै सहभागी भई उत्कृष्ट हुने विद्यार्थी, एमवीवीएस इन्जिनियरिङ् लगायत विभिन्न विधामा पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरूलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फर्सूराम गिरीले होराइजन मा.वि. देशकै उत्कृष्ट विद्यालय भएकोमा धन्यवाद दिंदै अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरूमा सिर्जनशीलता बढ्ने कुरामा जोड दिए ।

सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसालले होराइजन मा.वि.ले विगतदेखि नै यस्ता गतिविधिहरू गर्दै आएको र विद्यार्थीहरूमा व्यवहारिक ज्ञान सिकाउन आफूहरू प्रतिबद्ध रहेको कुरा स्मरण गर्दै सम्पूर्ण प्राध्यापक तथा विद्यार्थीहरूलाई बधाई दिए ।

पुरस्कार वितरण समारोहमा विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले होराइजन देशमै एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको हुँदा धेरै अभिभावकहरूको रोजाइमा होराइजन पर्ने गरेको कुरा उल्लेख गर्दै अभिभावकहरूको विश्वासलाई सार्थकता प्रदान गर्न विद्यालय प्रशासन निरन्तर लागिरहेको बताए ।

यसैगरी कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठले विद्यालयको भौतिक संरचना, यातायात सुविधा, शिक्षक कर्मचारीहरूको सेवा सुविधा विद्यार्थी तथा शिक्षक तथा कर्मचारीहरूका लागि तालिम, सेमिनार जस्ता कुराहरूमा सञ्चालक समिति सधै चनाखो हुने बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक तथा सञ्चालकहरूले यथेस्ट ध्यान दिन सकियो भनेमात्र विद्यालयलाई थप उचाईंमा पु¥याउन सकिने बताए ।

उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक डा. मुरारि प्रसाद पराजुलीले गरेका थिए ।

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : २३ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत