१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तिलोत्तमाको होराइजन गौतमबुद्ध माविमा खेल सप्ताह सुरु



बुटवल । रुपन्देहीको तिलोत्तमा-१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि खेलकुद तथा पुरस्कार वितरण सप्ताह सुरु भएको छ । तिलोत्तमा नगरपालिकाका खुलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले भलिबल खेलको उद्घाटन गर्दै सप्ताहको शुभारम्भ गरिएको हो ।

सप्ताह अन्तरगत शुक्रबार भलिबल, बास्केटबाल तथा कबड्डी प्रतियोगिता आयोजना भएका छन् । यसैगरी शनिबार कोड वर्क, फुटबल, २ सय मिटर दौड तथा चित्रकला प्रतियोगिता आयोजना गरिने विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए ।

विद्यालयका विद्यार्थीलाई विभिन्न सदनमा विभाजन गरी प्रतिस्पर्धा गराइने खेल सप्ताह अन्तरगत आइतबार ब्याडमिन्टन, टेबल टेनिस र हाजिरी जवाफ प्रतियोगिता गराइने आचार्यले जानकारी दिए । कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई उमेर समूह तथा छात्रा र छात्र विभाजन गरी अन्य प्रतियोगिताहरु समेत सञ्चालन गरिएको आचार्यले जानकारी दिए ।

फागुन ७ गते मूल समारोहको आयोजना गरी प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने बताए । विद्यालयका अन्य शैक्षिक कार्यक्रमहरुमा समेत उत्कृष्ट बन्न सफल विद्यार्थीलाई मूल समारोहमा पुरस्कार वितरण गरिने जनाइको छ ।

शुक्रबार खेल सप्तहको शुभारम्भ गर्दै तिलोत्तमा नगरका शिक्षा शाखा प्रमुख आचार्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले प्रतियोगिता सफलताको कामनासहित शुभकामना व्यक्त गरे । यस क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल विद्यालयले शैक्षिकसँगै अतिरिक्त गतिविधिहरुमा समेत आफूलाई अब्बल बनाउन सप्ताह सहयोग रहने उल्लेख गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ३५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान