काठमाडौं । १४ किलो सुन बरामद प्रकरणमा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । सुन प्रकरणको अनुसन्धानका क्रममा विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
२१ मंसिरको राति दुबईबाट काठमाडौं अवतरण गरेको विमानबाट झर्दाझर्दै गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । उनले प्रहरी समक्ष अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको बयान दिएको आधारमा सरसफाइ सुपरभाइजर पाण्डेलाई पक्राउ गरिएको स्रोतको दाबी छ ।
सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।
यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई यस अघि नै पक्राउ गरिसकेको छ ।



















प्रतिक्रिया