६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका बालकृष्ण खाँण धरौटी तिरेर रिहा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटी तिरेर रिहा भएका छन् ।

पाटन उच्च अदालतले बिहीबार खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

खाँणले आज काठमाडौं जिल्ला अदालत पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेपछि रिहा भएका हुन् । उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका थिए ।

खाँण जेलबाट रिहा भएलगत्तै कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराउनेछ । त्यसपछि मात्र उनी पुरै रिहा हुनेछन् ।

मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिँएपछि हिजो तेस्रो न्यायाधीश कृष्णराम कोइरालाको इजलासले रिहा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ५४ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र