२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु तीन घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ र एक सय ६७ रुपैयाँ तोकेको छ । डिजेल तथा मट्टितेल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५४ रुपैयाँ ५० पैसा, एक सय ५६ र एक सय ५७ कायम गरिएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्ग सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपो रहेका छन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल तथा डिजेलको खरिद मूल्यमा क्रमशः प्रतिलिटर तीन रुपैयाँ सात पैसा र तीन रुपैयाँ १६ पैसाले घटेर आएपछि नेपाली बजारमा मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । खाना पकाउने ग्यासको मूल्य भने यथावत कायम राखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : ४९ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको