२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

रुपन्देहीका निसन्तान दम्पतीहरुलाई ओम महिला तथा बाल अस्पतालमा एकदिने ईन्दरा आईबिएम सचेतना



बुटवल । निसन्तान दम्पतीहरुलाई लक्षित गरि शनिबार रुपन्देहीको तिलोत्तमामा एक दिने सचेतना कार्यक्रम गरिएको छ । तिलोत्तमा नगरपालिकास्थित ओम महिला तथा बाल अस्पतालमा ईन्दरा आईबिएमले एक दिने सचेतना कार्यक्रम चलाएको हो ।

ओम महिला तथा बाल अस्पतालका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा शर्मिला शर्माले रुपन्देही र पश्चिम क्षेत्रमा निसन्तान दम्पतीहरुलाई टेष्ट ट्युब बेबिको प्रक्रिया बुझाउने गरि पहिलोपटक अभिमुखिकरण कार्यक्रम गरिएको बताईन ।

धेरै घरपरिवारमा निसन्तान हुदा पारिवारिक निरासा र द्वन्द हुने गरेको भन्दै यसको बिकल्पका रुपमा यो सेवा भएको उनले बताईन । निसन्तान दम्पतीलाई कार्यक्रममा अभिमुखिकरण गरिएको छ । पहिलो चरणमा मासिक रुपमा चलाउने सेवालाई बिस्तारै स्थाई रुपमा चलाउने लक्ष्य रहेको उनले बताईन । टेष्ट ट्युब बेबिको प्रक्रिया गर्दा ३ लाख लाग्ने भएपनि २ लाख ६० हजारमा उपचार हुने उनले बताईन ।

कार्यक्रममा प्रसुती तथा स्त्रि रोग विशेषज्ञ डा नेहा हुमागाई र डा मनिषा आचार्यले निसन्तान समस्याको वर्तमान अवस्था र यसको समाधानबारे जानकारी दिएका थिए । डा आचार्यले इन्दिरा आईबिएमबाट १ लाख ४० हजार टेष्टट्युब बेबी जन्माएर निसन्तान दम्पतीहरुलाई खुशी दिन सफल भएको बताईन ।

भारतमा आईबिएफ सेवामा नाम कमाएको ईन्दरा आईबिएमको भारतमा १ सय २० शाखाहरु छन । नेपालको काठमाडौमा सेवा दिदै आएको छ । गुणस्तरिय सेवामा नाम कमाएको ईन्दिरा आईबिएम रुपन्देहीहरुलाई पहिलो पटक राखेको हो ।

कार्यक्रममा अस्पतालका डाईरेक्टर कमला हमालले महिला र बालबालिकाको क्षेत्रमा विशेषज्ञ सेवा दिने गरि नीजि क्षेत्रबाट अस्पताल संचालन गरिएको भन्दै यहाबाट विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत निरन्तर चलाईने बताईन । निकट भविष्यमा आईबिएम सेन्टर चलाउने योजना रहेको उनले बताईन । अस्पतालमा हाल एक दर्जन चिकित्सकसहित ५२ जना कर्मचारीहरुले सेवा दिदै आएका छन ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ३७ बजे

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको

संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल

काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज

लुम्बिनी सरकार : एमालेका मन्त्रीले दिए राजीनामा, सरकारको नेतृत्व परिवर्तन बजेट पछि

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

पोखरा । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस