१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पोखरा जाँदै गरेको बस दुर्घटनामा १८ यात्रु घाइते



दमौली । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षे प्रदीप गोदार छन् ।

त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षे सुरन राई, व्यास नगरपालिका वडा नं २ का ३४ वर्षे पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ का ५२ वर्षे ज्ञानदेवी श्रेष्ठ र २० वर्षे स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षे एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षे पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।

साथै भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षे बबिता थापा, ३० वर्षे नविन थापा, १२ वर्षे दुर्गा थापा, सात वर्षे नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीका ४० वर्षे दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ५० वर्षे सुमित्रा राई, व्यास नगरपालिका वडा नं ११ मूलपानीका ३६ वर्षे जुनु भट्टराई र आठ वर्षे पूर्णिमा भट्टराई छन् ।

घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १२ : ११ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले