६ श्रावण २०८३, बुधबार | July 23, 2026

तिलोत्तमामा हातहतियार सहित २ जना पक्राउ



बुटवल । तिलोत्तमामा दिनदहाडै हातहतियार लिएर हिँडिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यान्ह २ बजेको समयमा तिलोत्तमा नगरपालिका ८ गणेशनगर करैया सामुदायिक वन क्षेत्रमा हातहतियार लिई हिँडेका दिपक परियार र कर्ण बहादुर परियारलाई हातहतियार सहित प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा परिचालन गरिएको प्रहरी टोलीले परियार द्वयबाट भरुवा बन्दुक नाल-२, धातुको गोलीरछर्रा ३२ थान, फलामको काटिएको स-साना छर्रा ११० थान, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको विनेट थान-१, ११ नम्बर पाना थान-१, ११ नम्बरको रेन्चि थान-१, हसिँया थान-१, चक्कु थान-१, दाउ थान-१ बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

पक्राउ परेकाहरुलाई हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ०३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क