११ पुस २०८२, शुक्रबार | December 26, 2025

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि, विधान संशोधन विषयमा छलफल हुने



काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ ।

हिजोदेखि सुरु भएको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल भईरहेको छ । बैठक पार्टी नेतृत्वमा ७० वर्षे उमेर हद नराख्ने विषयमा केन्द्रित भएको छ ।

पार्टी उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख वेदुराम भुसालको संयोजकत्वमा कार्यदलले बनाएको बिद्यान संसोधन प्रस्ताव छलफलका लागि प्रस्ताव गरेको थियो । महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यदलले पेश गरेको उक्त प्रस्ताव माथी आज पनि छलफल हुन लागेको हो ।

‘‘सचिवालयको बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम आज पनि जारी रहने छ’, पार्टी प्रवक्त जगन्नाथ खतिवडाले भने ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : ५५ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’