३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

एनसेल खरिदबिक्रि अस्वभाविक देखिन्छ, कानून विपरित भए हदैसम्मको कावाही हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्रीमा कानून विपरित काम भएको भए हदैसम्मको कारवाही गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा एनसेलबारे जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले खरिदबिक्रि स्वाभाविक नभएको बताए । उनले कहिँ न कहिँ गडबडी भएको आशंका व्यक्त गर्दै कानूनलाई मिच्ने काम भएको भए हदैसम्मको कारवाही गर्ने स्पष्ट पारे । प्रधानमन्त्रीले भने, ‘यसमा केही न केही भएको छ भनेर नै छानबिन समिति बनाएको हो । नेपालको कानुन विपरीत केहि भएको रहेछ भने हदैसम्मको कारबाही गर्नेछौ ।’

प्रधानमन्त्रीले एनसेलको शेयर न्यून मूल्याङ्कन गरी खरिद बिक्री गरेको भन्ने कुरा आफु कोप सम्मेलनका लागि दुबईमा भएको बेला सुनेको बताए । स्वदेश फर्किएको भोलिपल्टै भोलिपल्टै मुख्य सचिवलाई बोलाएर देशको हाम्रो ऐन कानुन अनुसार, हाम्रो कर कानुन अनुसार ठिक छ कि छैन भन्ने बारेमा विज्ञप्ति जारी गर्न लगाएको उनले जनाए ।

एनसेलबारे अध्ययनका लागि १ महिनाको समय दिएर टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति बनाएको र समितिले काम थालिसकेको जनाउँदै उनले समितिले दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय लगायतका निकायबाट सम्पूर्ण विवरण मागेको बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : २५ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये