२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

बुधबारका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण प्रभावित भएपछि आज बस्न लागेको हो ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुनेछ ।

पदाधिकारी बैठक मंगलबारबाट शुरु भएको हो । मंगलबार अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचन, पार्टीको रूपान्तरण अभियान, विधान सम्मेलन, एकता समायोजन लगायत समसामयिक विषयका बारेमा ब्रिफिङ गरेका थिए ।

उनले चार महिने अभियानको समीक्षा र विधान सम्मेलनलाई मुख्य एजेण्डाका रूपमा बैठकमा पेश गरेका थिए । बैठकमा सातै प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ३४ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्