१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सुशासन कायम गर्न सरकारले महत्त्वपूर्ण कदम चालेको छ : प्रधानमन्त्री



मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले सुशासन स्थापना र सामाजिक न्यायका लागि सरकारले अगाडि बढाएका कामहरू सफल भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले भने, “सुशासन कायम गर्न सरकारले महत्त्वपूर्ण कदम चालेको छ, सामाजिक न्याय र समृद्धिका लागि सरकारले अगाडि बढाएका कार्य सफल पनि भएका छन् ।” उहाँले वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा सरकारले गरेको कार्य ऐतिहासिक रहेको चर्चा गरे।
प्रधानमन्त्री प्रचण्डले मिटर ब्याजीहरूबाट पीडितका विषयलाई सम्बोधन गरिएको, नागरिकतासम्बन्धी समस्या समाधान गरिएको एवं सामाजिक न्याय स्थापनाका लागि भएका प्रयासहरू वर्तमान सरकारका महत्त्वपूर्ण कार्य भएको उल्लेख गरे । उनले भ्रष्टाचार विरुद्ध एवं सुशासनका पक्षमा गरिएको कारबाही ऐतिहासिक भएको बताए।
प्रधानमन्त्री प्रचण्डले भू–माफिया एवं तस्करीकाविरुद्धको कारबाहीमा पनि सरकार खरोसँग उत्रिएको स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न सरकार पूर्णरुपमा सफल भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले एनसेलका सम्बन्धमा प्रर्याप्त तथ्य, प्रमाण र तथ्याङ्क राज्यव्यवस्था समितिको बैठकमा पेस भइसकेको भन्दै नेपालको संविधानअनुसार राष्ट्र र जनताको पक्षभन्दा बाहिर कोही कसैलाई जान नदिने दृढता व्यक्त गरे।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेएका प्रधानमन्त्री प्रचण्डले पार्टीको नामका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा समाजवादको भाव आउने खालको नयाँ नाम राख्नेगरी छलफल भइरहेको जानकारी दिए । उनले कोशी प्रदेशको नाममा देखिएको असहमति संवाद गरेर सहमतिद्वारा टुङ्गो लगाउनुपर्छ भने । प्रदेशको नामको विषयलाई चर्काउने भन्दा पनि सहज प्रक्रियाबाट  समाधान गर्नुपर्नेमा उनको जोड थियो ।
प्रधानमन्त्री प्रचण्डले विकास निर्माण तथा जनताको काम गर्नका लागि नयाँ ढङ्गबाट सरकार अगाडि बढ्ने बताउँदै यस सम्वन्धमा मन्त्रीहरूलाई लक्ष्य दिइने  र सम्पन्न नभए सोहीअनुसार निर्णय गरिने बताए ।
प्रधानमन्त्री प्रचण्डको शुक्रबार सुनसरीको भोक्राहामा विद्युत् प्रशारण लाइनको उद्घाटन गर्ने, मोरङको मिक्लाजङ गाउँपालिकामा विकास कार्यको अनुगमन गर्ने र विराटनगरस्थित मोरङ व्यापार सङ्घद्वारा आयोजित विराट एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ३८ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी