६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाकोसंवैधानिक इजलासले आज ती विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्नु भनी नेपाल कानुन व्यवसायी परिषद्को नाममा आदेश गरेको हो ।

खुला विश्वविद्यालयले तय गरेको कानुनको स्नातक तहको पाठयक्रम सीमित प्रकृतिको भएको र त्यसक्रममा हुनुपर्ने जति विषयवस्तु नभएको उल्लेख गर्दै परिषद्ले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ता हुनका लागि आवश्यकपर्ने परीक्षामा सामेल हुन दिएको थिएन ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : ५१ बजे

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ ।

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म