२० मंसिर २०८२, शनिबार | December 6, 2025

कृषि प्याभिलियनले आकर्षण दिएको लुम्बिनी एक्स्पो



बुटवल । बुटवलमा जारी लुम्बिनी एक्स्पोका कतिपय प्याभिलियनहरुले हाटबजारको झल्को दिएपनि कृषि प्याभिलियन भने एक्स्पोमा आउने दर्शकहरुका लागि अध्ययन गर्ने थलो बनेको छ । कतिपय स्टलहरुमा हाटबजारकै शैलीमा मोलमोलाई र सेलका सामाग्रीको बेचखिन चलिरहँदा कृषिका स्टलहरुमा भने लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा उत्पादन हुने कृषि उपजका बिउ, उत्पादन बिधि र त्यसको महत्वका विषयमा अवलोकनकर्ताहरुले चासो दिने गरेका छन् ।

बिक्रीकै हिसावले पनि कृषिका स्टलहरुमा पहाड र उच्च पहाडका उत्पादन किन्नेहरुको भिड देखिएको छ । रोल्पाको एक सहकारीले राखेको कृषिको स्टलमा अवलोकनकर्ताको सामान किन्ने र जिज्ञासा राख्नेको भीड निरन्तर देख्न सकिन्छ । सहकारीकर्मी हिरा घले एक्लै स्टलमा बसेर रोल्पाका उत्पादनका विषयमा ब्याख्या गर्ने र बेच्ने गरिरहेकी छन् । आफ्नो स्टलमा उपभोक्ताको चासो धेरै नै रहेको घलेले बताइन् । उनले रोल्पाको दलहन, भाङ्गो, टिमुर, अल्लोको टोपी, कपडा, सुन्तला स्टलमा राखेकी छन् । भुटेको मकै समेत स्टलमा राखेकी हिराले मकै र टिमुरमा ग्राहकको चासो बढी रहेको बताइन् ।

बाँकेको स्टलमा कम सिंचाई रहेको जग्गामा बढी उत्पादन हुने राधा-४ धानको बिउ प्रदर्शन गरिएको छ । नरैनापुरका किसान जगन्नाथ अहिरले ग्राहकले खोजे राधा-४ धानको बिउ आफुहरुले उपलब्ध गराउन सक्ने बताउँछन् । बाँकेको स्टलमा टाढैबाट बसाउने कालानमक नामको चामल पनि राखिएको छ । पश्चिम नेपालमा प्रसिद्ध कालानमक चामलको माग गर्न आउने दर्शक बढी भएको उनले बताए ।

कृषि पोभिलियनमा नै रुकुमको राडी, भाङ्गोको तेल, तिमुर, गेडागुडी उपलब्ध छन् । उच्च पहाडी जिल्लाका रुपमा रहेको लुम्बिनी प्रदेशको रुकुम पश्चिमका किसान हरिबहादुर बुढामगरलाई भाङ्गोको तेलको बारेमा ब्याख्या गर्न भ्याईनभ्याई छ । ढाडको दुखाई, घुँडाको दुखाई, चिसो लागेको, रुघा खोकीमा सेकाई गर्दा निको हुने बुढाले बताउँछन् । उनको स्टलमा रुकुममा उत्पादन भएको गेडागुडी, टिमुर, भाङ्गो जस्ता कृषि उत्पादन रहेका छन् ।

रुकुमकै राडीपाखी पनि दर्शकको चासोको स्टलकारुपमा रहेको छ । प्रत्येक्ष उनकाढेर राडीको कच्चा पदार्थ बनाउँदै गरेकी रुकुमकी कुमारी बुढामगरले आफैले पालेको भेडाको उनबाट राडी बुन्ने गरेको बताउँछिन् । एउटा राडी तयार गर्न साढे २ केजी उन चाहिने उनले बताइन् । जाडोको सिजन सुरु भएकाले राडी किन्ने ग्राहक पनि उनले पहिलो दिनबाटै पाएकी छन् ।

रुपन्देहीका मह उत्पादक ध्रुव ज्ञवालीलाई बजारमा पाइने नक्कली महले पिरोलेको छ । उपभोक्ताले महको गुणस्तरियता थाहा नपाउँदा बजारमा आकर्षक डिजाइन गरिएका नक्कली महमा ग्राहकहरु झुक्कीने गरेको ज्ञवाली बताउँछन् ।

गुल्मी सत्यवती-६ ज्वाङका किसान शिवलाल गौतम त स्टलमा हल गोरु सहित उपस्थित भएका छन् । उनले मेला महोत्सवले नै आफ्नो इज्जत राखेको बताउँदै सरकारको गलत नितकिा कारण खुदो र गुँडको बजारिकरण हुन नसकेको बताए । किसानले बारीमा उत्पादन गर्ने खुदो र गुँडमा अन्तशुल्क र मूल्य अभिबृद्दी कर लगाइदिएपछि त्यसको बजारिकण हुन नसकेको गौतमको ठहर छ ।

हसपट फुड प्रोडक्सनको नामबाट बजारमा आएको गौतमको उत्पादनमा कोदोको पिठो, फापर, मकैको पोला , मकैको फुला, चुक, मकैको सेतोररातो आँटो, गुँड, खुदो रहेका छन् । उनको हलगोरु सहितको स्टल देखेपछि एक्स्पोको उदघाटन गर्न आएका एमाले उपाध्यक्ष विष्णु पौडेलले केही बेर गारु धपाएर रमाइलो गरेका थिए ।

प्रदेश सरकारको कृषि विकास निर्देशनालयको संयोजनमा राखिएको कृषि पेभिलियनमा कृषकहरुलाई निर्देशनालयको लगानीमा निशुल्क स्टल उपलब्ध गराइएको निर्देशनालयकी अधिकृत आशा भण्डारीले बताइन् । उनले १२ वटै जिल्लाबाट फरक फरक उत्पादन सहित कृषि समुह र सहकारी तथा कृषि ज्ञानकेन्द्रबाट एक्स्पोमा सहभागीता जनाएको अधिकृत भण्डारीले बताइन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ६ : ५६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले