२८ भदौ २०८३, आइतबार | September 13, 2026

खजुरा खुल्ला नकआउट फुटबल प्रतियोगिता : लुम्बिनी प्रदेश प्रहरी गणको विजयी सुरुवात



खजुरा । बाँकेको खजुरा ४ ईगाउँमा खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले उदघाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य खत्रीले ग्रामीण क्षेत्रमा खेलकुदका ठूला प्रतियोगिता हुनु आफैमा सह्रानीय काम भएको बताए ।

क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष टेकबहादुर रोकाय, नेपालगन्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्कीलगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

न्यू दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा पुस १६ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दर्पणलाई ० का विरुद्ध २ गोलको अन्तरले पराजित गर्दै लुम्विनी प्रदेश प्रहरी गण खजुराले विजयी सुरुवात गरेको छ । प्रहरीका तर्फबाट जर्सी नम्बर १० का अर्जुन कुमालले दुई गोल गरेका थिए । म्यान अफ द म्याच कुमाललाई सुवी एजुकेशन एण्ड भिसा सर्भिसका प्रबन्ध निर्देशक विनोद बास्तोलाले नगद पुरस्कार वितरण गरे । प्रतियोगितामा १७ टोलीको सहभागिता छ । प्रतियोगिताको बिजेतालाई एक लाख, दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १० : १८ बजे

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती