२० बैशाख २०८३, आइतबार | May 3, 2026

सिराहाका बिद्यार्थीलाई माछापुच्छ्रे बैंकले दियो सिपमुलक तालिम



सिराहा । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ । माध्यमिकतहका विद्यार्थीहरुमा व्यवसायीक र प्राविधिक ज्ञान एंव सिपको विकास गर्ने उद्धेश्यले बैंकले इन्जिनीयर विथआउट बोर्डस नामक संस्था संगको सहकार्यमा व्यवसायिक सिपमुलक तालिम आयोजना गरेको हो ।

बैंकले इन्जिनीयर विथआउट बोर्डस नामक संस्थासंग सहकार्य गरि एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरि आज तालिमको समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरण मन्त्री एंव बैंकका पूर्व अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले विद्यालय स्तर देखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदानगर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरुले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने बताए उनले यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता बृद्धि गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमापनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानीय निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

एकसातासम्म सञ्चालन भएको सीपमुलक तालिम कार्यक्रममा गोवर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा उन बाट बनेका विभिन्न सजावटका सामानहरु बनाउने व्यवसायिक तालिम विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ५५ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता