३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

न्यू होराइजनमा जिल्ला स्तरिय छात्र भलिबलमा आज ८ खेल सम्पन्न



बुटवल । न्यू होराइजन स्पोट्स क्लबको आयोजनामा रुपन्देही जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगितामा सोमबार ८ वटा खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा न्यु होराइजन भर्सेज सिद्धार्थ बोर्डिङ स्कुलको रुपमा भएको हुँदा २-१ सेटले न्यु होराईजन विजेता बनेको छ ।

यस्तै दोस्रो खेलमा कालिका मानवज्ञान मावि र नविन औद्योगीक माविका विचमा भएकोमा कालिकाले २-० सेटमा विजयी भयो भने तेस्रो खेलमा मणिमुकुन्द मावि र लिटील फ्ल्वार फर्साटिकरका विचमा भएकोमा २-० ले मणिमुकुन्दले खेल जितेको छ ।

चौथो खेलमा देवदह बुद्धपब्लिक मावि र सैनामैना माविका विचमा भएकोमा बुद्ध पब्लिकले २-० मा जित निकालेको छ । यस्तै सेन्ट जोसेफ मावि भलवारी र नविन औद्योगीक माविको विचमा भएकोमा सेन्ट जोसेफले २-१ ले जित्दै क्वाटर फाईनलमा प्रवेश गरेको होराईजन संस्थाका खेलकुद तथा अनुसासन विज्ञ मिलन रानाले जानकारी दिए ।

यस्तै एभरेष्ट मावि र लिटिल फ्वावरको विचमा भएकोमा २-० ले सेट जित्दै एभरेष्ट क्वाटर फाईनलमा पुगेको छ । यस्तै अर्को लिगमा न्यु होराईजन मावि र सैनामैना माविका विचमा भएको खेलमा २-० ले जित्दै न्यु होराईजन क्वाटर फाईनलमा प्रवेश गरेको हो । कान्ती मावि बुटवल र सिद्धार्थ बोर्डिङ बिचमा भएकोमा कान्ती माविले २-० सेटले जित्दै क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

मंगलबारको क्वाटरफाईनल खेल न्यु होराइजन मावि बुटवल भर्सज सेन्ट जोसेफ मावि, दोस्रो खेल होराइजन जिविएस भर्सेज एभरेष्ट माविका बिचमा हुने छ ।

कालिका मानवज्ञान मावि भर्सेज देवदह बुद्ध पब्लिक, माणिमुकुन्द मावि भर्सेज कान्ती माविका विचमा हुने खेल संयोजक कपिल आचार्यले जानकारी दिए । क्वाटरफाईनल खेल बेष्ट अफ ५ को आधारमा खेलाईने संयोजक आचार्यले जानकारी दिए ।

आईतबारबाट सुरु भएको प्रतियोगिताको भलिबल संघ लुम्बिनीका उपाध्यक्ष योग गुरुङले उद्घाटन गरेका थिए । सो अवसरमा संरक्षक तथा न्यू होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्याय, भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, सह प्रायोजक रोटरी इ क्लब अफ हाइब्रिड नेपाल अध्यक्ष अप्सरा नेपाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बोलेका थिए ।

११ गतेसम्म चल्ने सो प्रतियोगितामा सहभागि टीमका खेलाडीहरुको लागि दुर्घटना बिमा समेत गरिएको छ । प्रतियोगीतामा प्रथम हुने टिमले ३५ हजार नगद, द्धितिय टिमले २५ हजार, तृतियले १५ हजार र सान्तवना टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ५२ बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय