२८ भदौ २०८३, आइतबार | September 13, 2026

न्यू होराइजनमा जिल्ला स्तरिय छात्र भलिबलमा आज ८ खेल सम्पन्न



बुटवल । न्यू होराइजन स्पोट्स क्लबको आयोजनामा रुपन्देही जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगितामा सोमबार ८ वटा खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा न्यु होराइजन भर्सेज सिद्धार्थ बोर्डिङ स्कुलको रुपमा भएको हुँदा २-१ सेटले न्यु होराईजन विजेता बनेको छ ।

यस्तै दोस्रो खेलमा कालिका मानवज्ञान मावि र नविन औद्योगीक माविका विचमा भएकोमा कालिकाले २-० सेटमा विजयी भयो भने तेस्रो खेलमा मणिमुकुन्द मावि र लिटील फ्ल्वार फर्साटिकरका विचमा भएकोमा २-० ले मणिमुकुन्दले खेल जितेको छ ।

चौथो खेलमा देवदह बुद्धपब्लिक मावि र सैनामैना माविका विचमा भएकोमा बुद्ध पब्लिकले २-० मा जित निकालेको छ । यस्तै सेन्ट जोसेफ मावि भलवारी र नविन औद्योगीक माविको विचमा भएकोमा सेन्ट जोसेफले २-१ ले जित्दै क्वाटर फाईनलमा प्रवेश गरेको होराईजन संस्थाका खेलकुद तथा अनुसासन विज्ञ मिलन रानाले जानकारी दिए ।

यस्तै एभरेष्ट मावि र लिटिल फ्वावरको विचमा भएकोमा २-० ले सेट जित्दै एभरेष्ट क्वाटर फाईनलमा पुगेको छ । यस्तै अर्को लिगमा न्यु होराईजन मावि र सैनामैना माविका विचमा भएको खेलमा २-० ले जित्दै न्यु होराईजन क्वाटर फाईनलमा प्रवेश गरेको हो । कान्ती मावि बुटवल र सिद्धार्थ बोर्डिङ बिचमा भएकोमा कान्ती माविले २-० सेटले जित्दै क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

मंगलबारको क्वाटरफाईनल खेल न्यु होराइजन मावि बुटवल भर्सज सेन्ट जोसेफ मावि, दोस्रो खेल होराइजन जिविएस भर्सेज एभरेष्ट माविका बिचमा हुने छ ।

कालिका मानवज्ञान मावि भर्सेज देवदह बुद्ध पब्लिक, माणिमुकुन्द मावि भर्सेज कान्ती माविका विचमा हुने खेल संयोजक कपिल आचार्यले जानकारी दिए । क्वाटरफाईनल खेल बेष्ट अफ ५ को आधारमा खेलाईने संयोजक आचार्यले जानकारी दिए ।

आईतबारबाट सुरु भएको प्रतियोगिताको भलिबल संघ लुम्बिनीका उपाध्यक्ष योग गुरुङले उद्घाटन गरेका थिए । सो अवसरमा संरक्षक तथा न्यू होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्याय, भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, सह प्रायोजक रोटरी इ क्लब अफ हाइब्रिड नेपाल अध्यक्ष अप्सरा नेपाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बोलेका थिए ।

११ गतेसम्म चल्ने सो प्रतियोगितामा सहभागि टीमका खेलाडीहरुको लागि दुर्घटना बिमा समेत गरिएको छ । प्रतियोगीतामा प्रथम हुने टिमले ३५ हजार नगद, द्धितिय टिमले २५ हजार, तृतियले १५ हजार र सान्तवना टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ५२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित