३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

३० औं न्यू होराइजन हाजिरीजवाफ प्रतियोगिताको उपाधी एभरेष्टलाई



बुटवल । न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजनामा भएको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि इभरेष्ट मावि बुटवलले जितेको छ । शुक्रबार भएको फाइनलमा विजेता बनेको एभरेष्टले ३३ हजार नगद सहित प्रमाणपत्र र मेडल पाएको छ । त्यस्तै पाल्पाको दमकडा माबि दोश्रो भइ २४ हजार पाएको छ ।

त्यस्तै तेस्रो बनेको सैनामैनाको सुनगाभाले नगद १८ हजार पाएको छ । त्यस्तै तीनवटा टीम सान्त्वना भएका छन् ।जेभिटी पाल्पा ,मेचीकाली माबि दाङ र जनज्योति माबि दाङले नगद तीत तीन हजार पाएको छ ।

पुस २९ गतेबाट प्रतियोगिता हुरु भएको हो । प्रतियोगिताको ३० औं संस्करणको प्रथम चरण तीन वटा केन्द्र बुटवल, दाङको लमही र पाल्पामा भएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए ।

२९ गते तीन वटा केन्द्रबाट छनौट भई ६ टिमको फाइलन प्रतियोगितामा आएको कार्यक्रम संयोजक कमलापति अर्यालले जानकारी दिए ।

फाइनल प्रतियोगिताको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले हाजिरीजवाफ अरु अतिरिक्त क्रियाकलाप भन्दा फरक र ज्यादै महत्वपूर्ण विधा भएको उल्लेख गर्दै यसले विद्यार्थीलाई बौद्धिक क्षमतामा अब्बल बनाउने बताए ।

संस्थाका कोषाध्यक्ष रामेश्वर श्रेष्ठले गुणस्तरीय शिक्षासंगै विद्यार्थीको सर्वाङगीण विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाले ठूलो लगानी गरेको बताए ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले संस्थागत र सामुदायिक विद्यालयहरुबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले २०५० सालमा शुरु भएको प्रतियोगिता जिल्ला हुदै प्रदेशस्तरीय बनाइएको बताए ।

यसअघि तीनवटै केन्द्रमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना ३ वटा टिमलाई क्रमशः प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ४५ सय र प्रोत्साहन पुरस्कार ३ समूहलाई प्रति समूह १५ सयका दरले प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ७ : २७ बजे

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को