२१ माघ २०८२, बुधबार | February 5, 2026

लुम्बिनी एक्स्पो-२०८० : एकैदिन ३० लाख बढीको कारोबार



बुटवल । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रर्वद्धन र बजारीकरण गर्ने उद्देश्यकासाथ रुपन्देही व्यापार संघद्वारा बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको पाचौं दिनसम्म पुग्दा अवलोकन कर्ताहरुको उपस्थिती बढ्दै गएको छ ।

सार्वजनिक विदाको दिन परेका कारण आज दर्शकको विहानैबाट बाक्लो उपस्थिति रहेको थियो । विहान १० बजेबाट सुरु भएको टिकट विक्रिका लागि काउन्टर खुल्ला गरिएको भए पनि अवलोकन कर्ताहरु सो समयभन्दा अगाडिदेखि नै लाइनमा बसेका थिए । टिकट लिनेस्थलमा ठुलो भीड भएपछि आयोजकलाई भीड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।

एक्स्पो मुल आयोजक समितिका सदस्य सचिव तथा रुपन्देही व्यापार संघका महासचिव दयानिधि भण्डारीका अनुसार सोमवार मात्र एकै दिन करिव ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेका छन् । सोमवार मात्र करिव ३० लाखको आर्थिक कारोवार भएको आयोजकको आँकलन छ ।

दर्शकहरुको आर्कषणको क्षेत्र प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुति तथा प्रतियोगिताहरु रोचक बन्दै गएका छन् । सोमवार सांस्कृतिक कार्यक्रमतर्फ चर्चित लोकदोहोरी गायक खेम सेञ्चुरी, गायिका एवं प्रस्तोता मञ्जु पौडेल, बसन्त लम्साल, मञ्जु भट्टराई तथा हास्य कलाकार पुर्खे बाको प्रस्तुति रहेको थियो ।

दोहोरी गित प्रतियोगिता अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, लुम्बिनी प्रदेश र खस्यौली रोधि क्लब प्रा.लि. बुटवलकावीच प्रतिस्पर्धा भएको छ । डान्स आइडल २०८० अन्तरगत आइतवार टप १० को प्रस्तुति रहेकोमा त्यसबाट सोमवार भोटिङको आधारमा एक जना बाहिरिएका छन् । सोमवार ९ जनाको प्रस्तुति रहेको थियो ।

मंगलवार सांस्कृतिक कार्यक्रम अन्तरगत चर्चित आधुनिक गायीका प्रिती आले आउने भएकी छन् । त्यसैगरि गायक विधान कार्कि, गायीका रितु थापा, गायक रामप्रसाद पाण्डे र हास्य कलाकार टिकाराम साहित्यको प्रस्तुति रहने मेला सांस्कृत उपसमितिका संयोजक प्रकाश पौडेलले जानकारी दिए । दोहोरी गित प्रतियोगिता अन्तरगत प्रितम पोखरेल–सर्मिला विसी(काठमाडौं) र गोधुली रोधि साझ, बुटवलकावीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : २३ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता