काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहन नहुने बताएका छन् । मंगलबार देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि अब ठाउँ ओगटिरहन नहुने बताए ।
देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको उनले बताए ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान पनि गरेका छन् । ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु ।’ प्रचण्डले भने ।
अब शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने पनि उनले बताए ।
उनले भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानहरूलाई इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन गरिने जानकारी दिए ।
यस वर्ष पर्यटकको संख्या लगभग रेकर्डकै रूपमा वृद्धि भएको भन्दै उनले क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष पर्यटकको संख्या झण्डै दोब्बर बनाउने उनले दाबी गरे ।
लुम्बिनी वरपरको ८ वर्गकिलोमिटरको ग्रेटर लुम्बिनी परियोजना अगाडि बढ्दै गरेको जानकारी उनले दिए । ग्रेटर लुम्बिनी अन्तर्गत रामग्राम र कपिलवस्तुको गुरुयोजना अगाडि बढिरहेको पनि उनले बताए ।



















प्रतिक्रिया