४ चैत्र २०८२, बुधबार | March 18, 2026

प्रथम एम.जी. कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी बुटवलका विश्वास र गणेशलाई



बुटवल । रुपन्देहीको तिलोत्तमामा मगलबार सम्पन्न प्रथम एमजी कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल खुल्लातर्फ बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जाडीले उपाधि हातपार्न सफल भएका छन् ।

विजेता बनेको उक्त जोडीले ४० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा लाफा ब्याडमिन्टन क्लबका बिबेक न्यौपाने र मनोज फौजदार उपविजेता बने । उनीहरुले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र हात पारे । त्यस्तैगरी एमजी क्लबका अनिल श्रीपाली र सनाउल्ला राईनी तथा स्म्यास ब्याडमिन्टनका एलेक्स क्षेत्री र राजेन्द्र मल्लको जोडी अन्तिम चारमा पुग्न सफल भए । उनीहरुलाई नगद १५ हजार पुरस्कार राशीसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

यसैगरी मेन्स डबल भेट्रान्सतर्फ काठमाडौं कालिका क्लबका राम केसी र इन्द्र महतोको जोडी उपाधि चुम्न सफल भएको छ । यसैगरी तनहुंका मन बहादुर राना र तुल बहादुर रानाको जोडीले उपविजेतामा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा फिट एण्ड फाईनका पुरन राना र डम्मर राना तथा तिलोत्तमा ब्याडमिन्टन क्लबका पदम थापा र सुरज गुरुङ्गको जोडी अन्तिम चारमा पुग्न सफल भए । भेट्रान्सतर्फका विजेता समूहले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद २० हजार पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तिम चारमा पुग्न सफल दुई समूहलाई नगद १० हजार पुरस्कार राशीले सम्मान गरिएको छ ।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्दे उपमहानगरले बजेट विनियोजन गरी विभिन्न खेल गतिविधिलाई प्रोत्साहन गरेको दाबी गरे । भौतिक बिकासमात्र नभई मानवीय विकास र संसाधनको विकास उत्तिकै आवश्यक रहेको उनले बताए । आयोजक क्लबका महासचिव निल बहादुर कुंवरको सञ्चालन तथा अध्यक्ष राम बहादुर सिंजालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । निवर्तमान अध्यक्ष श्रीधर अर्घाली मगरले प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने विभिन्न संघ-संस्था, व्यक्ति तथा क्लबका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । प्रतियोगितामा दुबै ईभेन्टतर्फ ६४/६४ समूहले प्रतिस्पर्धा गरेको खेल संयोजक बसन्त थापा चर्तीले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : ०९ बजे

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्