१८ आश्विन २०८३, आइतबार | October 4, 2026

‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन, आगामी दशैंमा रिलिज हुने



काठमाडौं । फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ ।

यो फिल्ममा नेपाली फिल्म क्षेत्रका दुई सुपरस्टार नायकहरूको टिम अप पक्का भएको छ । फिल्ममा नायकद्वय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन् ।

दया र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने पक्का छ ।

यो फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने बुझिएको छ ।

फिल्मका अन्य कलाकारहरूको घोषणा बिस्तारै गरिने निर्माणपक्षले बताएको छ । दिनेश राउतले निर्देशन गर्ने पक्का भएको यो फिल्ममा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले फिल्म ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् ।

यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ । फिल्मको छायांकन आउँदो वर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ ।

निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : २० बजे

पार्टी कार्यालय च्यासलमा एमाले संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक अहिले पार्टीको केन्द्रीय

उर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४००

कांग्रेसमा २१ सदस्यीय पदाधिकारी बन्ने, वरिष्ठसहित चार उपसभापति रहने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संख्या १७ बाट बढाएर

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय

कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थकको र्‍याली खुलामञ्च प्रवेश गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि