१६ बैशाख २०८१, आइतबार | April 29, 2024

पौवा भैरहवामा ‘न्यू इयर इभ-२०२४’ : रचना रिमाल र पशुपती शर्माको प्रस्तुती रहने



बुटवल । अंग्रेजी नयाँ वर्षको पूर्व संध्यामा होटल पौवाले भैरहवा शाखामा न्यू इयर इभ २०२४ गर्ने भएको छ । नेपाली स्वाद, नेपाली संस्कृति र रैथाने परिकारको ब्राण्डीङ गर्दै आएको पौवाले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्न भैरहवामा न्यू इयर इभ गर्न थालेको हो ।

होटल पौवाका अनुसार पुस १५ गते साँझ आयोजना हुने इभमा नेपाली आधुनिक संगीत क्षेत्रकी चर्चित गायिका रचना रिमाल र लोक गायक पशुपति शर्माको प्रस्तुती रहने छ भने अमित बरालको ब्याण्ड सहित ख्यातीप्राप्त स्थानीय कलाकारहरुले इभमा मनोरञ्जन प्रदान गर्नेछन् । प्रवेश निशुल्क रहने इभमा प्रवेश गर्ने ग्राहकहरुका लागि एकै पटक १ हजार जनालाई पूर्ण सेवा दिन सकिनेगरि ब्यवस्थापन गरिएको पौवाका जनसम्पर्क तथा ब्राण्ड प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।

नेपाली परिकार र परम्परागत नेपाली सत्कारलाई आत्मसाथ गर्दै सेवा प्रदान गर्दै आएको पौवाले अंग्रजी नयाँ वर्षमा पनि सम्पूर्ण नेपालीपाराको सत्कार, परिकार र सेवा प्रदान गर्ने तयारी गरिएको पौवा भैरहवाका प्रबन्धक गिरीराज पाण्डेले बताए ।

पौवाले नेपाली चाडपर्व, भाषा संस्कृति विशेष र जनजातीहरुको मौलिक परम्पराहरुमा विशेष कार्यक्रम गर्दै आएको छ । नेपाली हस्पिटालिटीको मुल उद्देश्यका साथ २०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका बिभिन्न स्थानमा १२ वटा शाखा रहेका छन् भने १३ औं शाखाकारुपमा नेपालगन्जमा निर्माण कार्य सुरु गरिएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १० : ३९ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क