८ चैत्र २०८२, आइतबार | March 22, 2026

गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै परेको रिटको पेसी आज



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिटमा आजलाई पेसी तोकिएको छ । ३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि सुनुवाइका लागि आजलाई पेसी तोकिएको हो ।

अधिकारीले राष्ट्र बैंकको गभर्नर हुनका लागि आवश्यक पर्ने शैक्षिक योग्यता हासिल नगरेको रिटमा दाबी गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्त हुनका लागि आवश्यक योग्यताको व्यवस्था गरिएको छ ।

दफा २० को देहाय (ग)मा राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर र सञ्चालक हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैकिङ्ग, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्ने भनिएको छ ।

तर अधिकारीले स्नातकोत्तर (मास्टर्स)को शैक्षिक उपाधि हासिल नगरेको रिटमा दाबी गरिएको छ । अधिकारीले अर्थ मन्त्रालयमा पेस गरेको व्यक्तिगत तथा शैक्षिक विवरणमा उनले काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेको र भारतको एउटा संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट (सीए)को पढाइ गरेको भनिएको छ । तर अधिकारीले पेस गरेको विवरणबाट उनले स्नातकोत्तर तहको योग्यता हासिल गरेको नदेखिएको रिटमा दाबी गरिएको छ ।

अधिकारीले सन् १९८९ मा नेपाल कमर्स क्याम्पसबाट स्नातक तह र भारतको एउटा चार्टर्ड एकाउन्टेन्ट पढाइ हुने कलेजबाट सन् १९९३ मा ‘सीए’ पढाइ सकेको विवरण पेस गरेपनि त्यो पर्याप्त नभएको रिटमा उल्लेख छ ।

सीए अध्ययनलाई स्नातकोत्तर उत्तिर्ण सरह मान्यता नहुने दाबी रिटमा गरिएको छ । महाप्रसादलाई गभर्नर पदमा २४ चैत, २०७६ मा नियुक्ती गरिएको थियो । उनी बीचमा निलम्वित समेत भएका थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको विवादपछि उनी निलम्वनमा परेका थिए । पछि सर्वोच्च अधिकारीलाई पुनर्बहालीको आद]श जारी गरेको थियो ।

अधिवक्ता जोशीसहितले १ महिना अगाडी नै सर्वोच्च अदालतमा रिट पेस गरे पनि सर्वोच्चले दर्ता गरेको थिएन । अधिकारीको योग्यतामाथि प्रश्न उठाइएको रिट सर्वोच्च प्रशासनले अलपत्र पारेको समाचार सार्वजनिक भएपछि बिहीबार रिट दर्ता भएको हो ।

रिटमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको हो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ४४ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को