१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बालकुमारी घटनामा मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय



काठमाडौं । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु १० लाख उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन। उक्त घटनामा परी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको निधन भएको थियो ।

सरकारले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले जानकारी दिइन ।

उक्त घटनामा परी घाइते भएकाको उपचारको प्रबन्ध सरकारले मिलाउने भएको छ । घाइतेको उपचारका लागि अर्थमन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साथै सरकारले शान्तिसुरक्षा कायम गर्न सबैलाई आग्रह गरेको छ ।

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नै समिति गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले भविष्यमा यस्ता घटना हुन नदिनेतर्फ सरकार सचेत रहेको बताइन । फरक एक प्रसङ्गमा मन्त्री शर्माले सङ्घीय निजामती ऐन, सङ्घीय प्रहरी ऐनलगायत सङ्घीयता कार्यान्वयनसँग जोडिएका ऐनलाई शीघ्र जार गर्न प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको जानकारी दिइन ।

सातै प्रदेशका मुख्यमन्त्रीले आजै प्रधानमन्त्रीलाई भेटेर सङ्घीयता कार्यान्वयनका निम्ति आवश्यक कानुन तत्काल जारी गर्न माग गरेका थिए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ०९ बजे

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख