८ चैत्र २०८२, आइतबार | March 23, 2026

मालिका सहकारीद्वारा एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न



बुटवल । मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । बुटवलको देवीनगरमा रहेको सहकारीले संचालक समिति तथा कर्मचारीहरुको क्षमता वृद्धि गर्नको लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको हो ।

न्यू होराइजन इंग्लिस बोर्डिङ्ग स्कुल कालिकानगरको सभाहलमा सम्पन्न एकदिने तालिममा लुम्बिनी प्रदेश सहकारी बैंक लिमिटेडका प्रमुख नारायण बेल्बासेले प्रशिक्षण तथा सहजिकरण गरेका थिए ।

सहकारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी, लेखा परिक्षण समिति, अन्य विभिन्न उपसमितिका संयोजकको क्षमता अभिवृद्धिका लागि तालिम संचालन गरिएको सहकारीका अध्यक्ष अध्यक्ष कपिल आचार्यले बताए । सहकारीमा कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै सहकारीको छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुदाँ तालिमका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिनुपर्ने आचार्यले बताए ।

तालिममा सहकारीका नयाँ निति नियमका बारेमा छलफल साथै सहकारी ऐन अन्तर्गत विनियम २०७५ का छलफल गरीएको थियो भने ७ ओटा आधारभूत सिद्धान्त र १० ओटा सिद्धान्तको बारेमा पनि छलफल गरीएको अध्यक्ष आचार्यले बताए । तालिममा संचालक समितिको काम, कर्तव्य र अधिकारको बारेमा छलफल गर्नुको साथै सहकारीलाइ अझै परिस्कृत गरेर लान सकिन्छ भन्ने बारेमा पनि छलफल भएको आचार्यले बताए ।

संचालक समितिका सल्लाहाकार यज्ञश्वर शर्मा, निवर्तमान अध्यक्ष चित्र वर्मा लगायत ३५ जना सहभागिता रहेको तालिममा सस्थाका सचिव सुसिल नेपालले कार्यक्रम संचालन गरेका थिए भने अध्यक्ष कपिल आचार्यले तालिममा उपस्थित सबैलाइ स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए ।

सहकारीको १६ ओैं स्थापना दिवसको अवसरमा केही दिन अगाडी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : ०६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय