१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बागमतीका मन्त्री श्रेष्ठले वितरण गरे २३ घरधुरी हायु जातिलाई फाइबर सिरक



सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका लोपोन्मुख हायु जातिलाई फाइबर सिरक वितरण गरेका छन् ।

मन्त्री श्रेष्ठले सिन्धुलीको सुनकोशि गाउँपालिका वडा नं. २ को हायुटोलमा बसोबास गर्दै आएका २३ घरधुरी लोपोन्मुख हायु जातिलाई न्यानो फाइबर सिरक वितरण गरेका हुन् ।

उनले सुनकोशी गाउँपालिकाकि अध्यक्ष दिपा बाहोरा दाहाल समेतको उपस्थितिमा २३ घरधुरी परिवारलाई प्रति परिवार २ थानका दरले ४६ थान फाइबर सिरक वितरण गरेका छन् ।

सिरक वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले हायु जातिको दुःख, सुखमा बागमती प्रदेश सरकार साथमा रहेको बताए । उनले आगामी दिनमा हायु जातिको उत्थानका लागि शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी लगायतको पुर्वाधार निमार्णमा बागमती प्रदेश सरकारले लगानी गर्ने पनि प्रतिवद्धता जनाए । उनले सिरक वितरण आफ्नो र प्रदेश सरकारको सानो सुरुवातमात्रै भएको बताउँदै हायु परिवारमा न्यानो भित्राउन पाएकोमा खुशी व्यक्त गरे ।

मन्त्री श्रेष्ठले गत साता पनि सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ को बस्तिपुरमा बसोबास गर्दै आएका ९३ घर परिवार र मरिण गाउँपालिका वडा नं. ७ को गैरीगाउँमा बसोबास गर्दै आएका ५१ घर परिवार थामी जातिलाई न्यानो ओढ्ने (फाइबर सिरक) वितरण गरेका थिए । त्यस्तै कमलामाई नगरपालिका वडा नं. १ गुँरासे, कोप्चेमा बसोबास गर्दै आएका लोपोन्मुख १२० घर हायु जातिलाई पनि फाइबर सिरक वितरण गरिएको थियो ।

उनले लोपोन्मुख हायु जाति, थामी जाति र पहरी लगायतका जातिलाई सिरक वितरण गर्ने कामले निरन्तरता पाउने पनि बताए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : १४ बजे

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स