२ पुस २०८२, बुधबार | December 17, 2025

इंग्लिस प्रिमियर लिगमा फुलहमसँग आर्सनल स्तब्ध



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा फुलहमसँग २-१ गोलले पराजित हुँदै आर्सनल स्तब्ध बनेको हो ।

यो हारसँगै आर्सनलले लिग तालिकाको शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । फुलहमका राउल जिमेनेज र बबी डि कर्डोभा रिडले एकएक गोल गरेका थिए । यस्तै आर्सनलका बुकायो साकाले एक गोल गरेका थिए ।

खेलको पाँचौँ मिनेटमै आर्सलनले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा फुलहमसँग २-१ गोलको हार खान पुग्यो । यो खेलपछि २० खेलबाट फुलहम २४ अंकका साथ १३ औँ स्थानमा रहेको छ भने ४० अंक भएको आर्सनल चौथो स्थानमा छ ।

यो खेल जितेको अवस्थामा आर्सनललाई शीर्षस्थानमा उक्लने अवसर रहेको थियो । शीर्षस्थानमा रहेको लिभरपुलको ४२ अंक छ । यस्तै, दोस्रो स्थानको एस्टन भिल्लाको पनि ४२ अंक नै छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ८ : ४३ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका