२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन



काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको जाँचबुझ गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो । उच्चअदालतका न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयोगको सदस्यहरुमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् । प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको आयोगले आजैदेखि काम गर्ने मन्त्री शर्माले बताइन ।

यही शुक्रबार बालकुमारीमा कोरियाली भाषा परीक्षामा सहभागी हुन चाहने युवाहरुको प्रदर्शनमा प्रहरीले गोली र लाठी प्रहार गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । सो घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।

गृहमन्त्रायलले सोही दिन घटनाबारे छानबिन गर्न प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ३७ बजे

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै

विराटनगरले टस जितेर फिल्डिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा