३० भदौ २०८३, मंगलबार | September 15, 2026

बालकुमारी घटना – मन्त्रीको सवारीले स्थिति असामान्य बन्यो : प्रहरी महानिरीक्षक कुँवर



काठमाडौं। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सवारी हुँदा स्थिति झन असामान्य बन्न पुगेको बताएका छन् ।

सोमबार सिंहदरबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे जानकारी दिने क्रममा उनले प्रहरी र मन्त्रीको पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको बताए ।

‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो,’ उनले भने, ‘प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखियो ।’

गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । युवाहरु प्रदर्शनमा उत्रिएका थिए । तर, प्रदर्शनकारीको नेतृत्व कसैले नगरेको र अराजक रूपमा जसले जे पायो त्यही गर्ने अवस्थामा रहेको महानिरीक्षक कुँवरले बताए ।

सो घटनामा प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको जानकारी दिँदै उनले २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटिएको बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : २३ बजे

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध