३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

सिके राउत र मन्त्री अनिता देवी पक्राउबारे सभामुख घिमिरेको चासो



काठमाडौं। सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे चासो राखेका छन् ।

सोमबार ‘राष्ट्रिय धोती दिवस’भन्दै निकालिएको र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि राउत, देवी, खानसहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संसदीय दलका नेता, सांसद तथा संसदीय समिति सभापति पक्राउ परेपछि सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार सभामुख घिमिरेसँगको फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर प्रहरी नियन्त्रणमा रहेका सांसदहरुलाई छुटाउने बताए ।

लगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले सांसदहरुले छुटेको जानकारी दिएका थिए भने प्रहरी महानिरीक्षक कुँवरले घटनाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ३२ बजे

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै

गोकर्णलाई अग्लुङ्गका मतदाता भन्छन् : ‘सडक र मन दुवै जोड्न चाहान्छौ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

महिला एशिया कप राइजिंग स्टार्समा आज नेपाल र युएई भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका

आज बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवस

बुटवल । बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस