११ श्रावण २०८३, सोमबार | July 27, 2026

बालकुमारी घटना : भौतिक पूर्वाधारमन्त्री र श्रम मन्त्रालयको भूमिकाबारे छानबिन गर्न राज्यव्यवस्थाको निर्देशन



काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले आगामी दिनमा यस प्रकारका घटना नहोस् भनी सम्बन्धित सबै पक्षलाई सजग र जिम्मेवार रहनसमेत निर्देशन दिएको छ । बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार सवारीमा आगजनी गरेका थिए ।

सरकारले सो घटनाको निष्पक्ष र वस्तुगत अनुसन्धान गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

बैठकले मृतकका परिवारलाई थप आर्थिक राहत तथा मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति रामहरि खड्काले जानकारी दिनुभयो । बैठकले सुरक्षा निकायलाई पर्याप्त मात्रामा आवश्यक स्रोत साधन उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ४० बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०