३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

मिसन–८४ हैन, भिजन–९४ सुरु गरौँ : विश्वप्रकाश शर्मा



भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन ०८४ होइन, देश बनाउने स्पष्ट भिजन ०९४ सुरु गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको जिल्ला शाखाले आज आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन भिजन ०९४ अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न सबै दललाई आग्रह गर्दै महामन्त्री शर्माले चुनावको चिन्ता लिनुभन्दा पनि २०९४ सालसम्म के काम गर्न सकिन्छ भनेर विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिए।
अवसरका पदमा पटकपटक दोहोरिने परम्परा अब अन्त्य गर्नुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले भने, “पटकपटक एउटै पदमा एउटै व्यक्ति दोहोरिने परम्परा हटाउनैपर्छ, राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी दोहोरिन दिन हुँदैन ।”
संविधान सहमतिको साझा दस्तावेज भएको उल्लेख गर्दै उनले दलबीचको सहकार्यले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानप्रति अपनत्वको दायरा बढाउँदै सम्मुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिए ।
महामन्त्री शर्माले ठूलो जनसङ्ख्याका कारण नेपाली विदेश जाने अवस्था रोक्न र विदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अवस्था नरहेकाले वैदेशिक रोजगारीको मर्यादा अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ५३ बजे

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै

गोकर्णलाई अग्लुङ्गका मतदाता भन्छन् : ‘सडक र मन दुवै जोड्न चाहान्छौ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

महिला एशिया कप राइजिंग स्टार्समा आज नेपाल र युएई भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका

आज बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवस

बुटवल । बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस