११ श्रावण २०८३, सोमबार | July 27, 2026

राष्ट्रिय सभा निर्वाचन : सिट भागबन्डाका लागि कांग्रेस–माओवादीबीच छलफल



काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र कांग्रेसबीच आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको सिट भागबन्डा गर्ने विषयमा छलफल गरेका छन् ।

मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकाक कांग्रेसका नेता र सरकार नेतृत्वकर्ता दल माओवादीका नेताबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि गठबन्धन गरेर जाने विषयमा छलफल भएको हो ।

माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता रमेश लेखक सहभागी बैठकमा यसअघिको मतभार, अहिलेको अवस्थालाई आधार मानेर सिट बाँडफाँट गर्ने विषयमा छलफल भएको छ ।

यद्यपि, गठबन्धनका अन्य दलसँगको छलफलपछि मात्रै टुंगो पुग्ने उनीहरुको तयारी छ । राष्ट्रिय सभा सदस्य चयनका लागि आउँदो ११ माघमा निर्वाचनमा हुँदै छ भने २३ पुसमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ । तर, यसअघि नै सिट भागबन्डाको टुंगो लगाउन गठबन्धनका नेताहरुले छलफल थालेका हुन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : २५ बजे

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा