३० बैशाख २०८१, आइतबार | May 12, 2024

ट्रङ्क लाईन विवाद : काटिएका उद्योगमा बिद्युत सुचारु नगरिए तालाचाबी सरकारलाई बुझाइने



भैरहवा । ट्रङ्क लाईन विवादका कारण बिद्युत महसुल नतिरेर लाइन काटिएका उद्योगका संचालकहरुले यथासिघ्र काटिएको लाइन जोड्न माग गरेका छन् । रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगहरुले विद्युत काटिएका उद्योगहरुमा निशर्तः लाइन पुनः जडान गर्न माग गरेका हुन् । उनीहरुले तुरुन्त विद्युत सुचारु नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरुले थप उद्योगको लाइन नकाट्न माग माग गरे । उनीहरुले बुझाएको ज्ञापन पत्रमा शुक्रबारसम्म लाईन काटिएका उद्योगको विद्युत जडान नगरिए कडा आन्दोलनमा उत्रिने उल्लेख गरिएको छ ।

बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरुले ट्रंकलाइनको छुट विलिङ भन्दै प्रयोग नै नगरको विद्युतको महशुल तिर्न लगाउनु लगत भएको बताउँदै आएका छन् ।

एक्कासी उद्योगको लाईन काटिँदा उद्योगीसँगै मजदूर बिचल्लीमा परेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उनले शुक्रबारसम्म लाइन नजोडिए उद्योग बन्द गरेर तालाचाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने चेतावनी दिए ।

विद्युत प्राधिकरणले उद्योगहरुमाथि दबाब सिर्जना गर्न विद्युत लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुईवटा उद्योगको लाइन काटेकोप्रति बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगीहरु त्रसित भएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउन प्राधिकरण पुगेका उद्योगी विनय गोयनकाले नेपाल विद्युत प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको गुनासो गरे ।

उद्योगी र प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधिन रहेकै अवस्थामा लाईन काटिएको र अदालतको फैसला नआउँदासम्म उद्योगको विद्युत तत्कालै सुचारु गरी उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताए ।

ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले उद्योगीको माग माथिल्लो निकायमा पठाउने र माथिल्लो निकायबाट आएको निर्देशन उद्योगसमक्ष पुर्याउने प्रतिबद्धता जनाए । उनले किस्तामा विद्युत महशुल तिर्न उद्योगी तयार भए निवेदन लिने भन्ने कुरा आफुलाई निर्देशन आएको उद्योगीहरुलाई जानकारी दिए ।

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ४९ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट