३० भदौ २०८३, मंगलबार | September 15, 2026

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर मनाइयो स्थापना दिवस



बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलले आफ्नो आठौं स्थापना दिवस बुधबार सम्पन्न गरेको छ । हरेक वर्ष फजुल खर्च गरेर आफ्ना स्थापना दिवस मनाउने क्लबहरुको परिपाटीको अन्त्य गर्दै तिनाउ बुटवलले सामाजिक कार्य गर्दै स्थापना दिवस मनाउंदै आएको छ ।

सोहि क्रममा आठौं स्थापना दिवस तिलोत्तमा नगरपालिका वडा नं. ३ सिमानगरस्थित हाम्रो सगरमाथा आधारभूत प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर मनाएको हो ।

क्लबले विद्यालयमा अध्ययनरत १४० जना बालबालिकालाई जाडोको न्यानो कपडा ट्रयाकसुट वितरण गरेको हो । बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै क्लबका एसिस्टेन्ट गभर्नर यादव भण्डारीले रोटरी क्लब अफ तिनाउ बुटवलले फजुल खर्च नगरी विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरि आफ्नो स्थापना दिवस मनाएको भन्दै प्रशंसा गरे ।

उनले फजुल खर्च गरी होटलमा मनाउने स्थापना दिवसभन्दा यस्ता कार्य गरेर मनाउने दिवसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । क्लबका अध्यक्ष अमृता भुसालले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विद्यालयका बालबालिकाहरुको आवश्यकतालाई मध्यनजर गरि न्यानो कपडा वितरण गरिएको जानकारी दिईन् ।

क्लबका निवर्तमान अध्यक्ष कल्पना तिवारीको स्वागत, ईलेक्ट प्रेसिडेन्ट रमिला शर्माको धन्यवाद तथा सचिव अनिता भुसालको संचालनमा सम्पन्न भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष देवी वाग्ले, पूर्वअध्यक्ष भगवती पाण्डे, विद्यालयका संस्थापक टेकबहादुर थापा, प्रधानाध्यापक घनश्याम घिमिरेले सामाजिक संघसंस्था र क्लबहरु समाज परिवर्तनका संवाहक बन्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ५६ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको