३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

११५ किलो लागूऔषध गाँजासहित २ जना पक्राउ



सुनसरी । सुनसरीबाट ७० किलो र मोरङबाट ४५ किलो गरी करिब १ सय १५ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगरा गाउँपालिका-६ ईदगाहबाट ७० किलोग्राम गाँजासहित पक्राउ पर्नेमा भारत अररिया बासमतिया ग्राम बस्ने २७ वर्षीय ऐना तुला छन् ।

प.१-०४-००१ त १२६० नम्बरको ट्याक्टरका चालक उनलाई ट्याक्टरको ट्रलीमा अतिरिक्त बाकस बनाई ६६ वटा पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी मोरङकाे बिराटनगर महानगरपालिका-१८ झटियाई मुसरी टोल नयाँबस्तीस्थित खेतबाट करिब ४५ किलोग्राम गाँजासहित पक्राउ पर्नेमा सोही महानगरपालिका-१८ बस्ने १९ वर्षीय नन्दु यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित गएराति पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : ४९ बजे

आज २६३ औँ सेना दिवस मनाइँदै

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज

आज महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन

निर्वाचन आउन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार