१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

चिनियाँ प्रतिनिधिमण्डल आएकोमा भारतीय विदेशमन्त्रीले कुनै असहमति जाहेर गर्नु भएको छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्रीले आफनो भ्रमण भएकै बेला चिनियाँ प्रतिनिधिमण्डलले गरेको भ्रमण प्रति रोष प्रकट गरेको विषयमा सत्यता नभएको बताएका छन् ।

शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सो प्रस्टीकरण दिएका हुन् ।

‘भारतिय विदेशमन्त्रीले चिनिया प्रतिनिधि मण्डलको भ्रमणलाई लिएर असन्तुष्टी जनाएको भन्नेमा विषयमा कुनै सत्यता छैन, मसँगको कुराकानीमा उहाँ (एस जयशंकर)ले एक शब्द पनि उहाँले उच्चारण गर्नुभएको छैन्,’ उनले भने, ‘मसँगको अनौपचारिक ‘वान टु वान’ कुरा हुँदा पनि यो विषयमा प्रश्न चासो उहाँले राखेको हैन, यो प्रष्ट हुन अनुरोध गर्छु कि यो गलत चर्चा हो ।’

नेकपा एमालेका सांसद रघुजी पन्तले चिनियाँ प्रतिनिधि मण्डलको भ्रमण प्रति भारतीय विदेशमन्त्री जयशंकरले असन्तुष्टी जनाएको भन्ने विषयबारे प्रस्टाउनु पर्ने धारणा राखेका थिए । ‘चिनिया पदाधिकारी आएकोमा असन्तुष्टि उहाँ (यस जयशंकर) ले पोख्नु‍यो भन्ने भन्ने कुरा आयो, यो कुटनैतिक दृष्टिकोणले ठिक भएन । नेपाल सार्वभौम भएकाले जो पनि आउन पाउँछन् ।’ पन्तले सो धारणा राखे पछि प्रधानमन्त्री प्रचण्डको सो स्पष्टीकरण आएको हो ।

बिहीबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का युनान प्रान्त डेपुटी सेक्रेटरी सी युगाङ चारदिने भ्रमणका लागि काठमाडौं आएका छन, जुन दिन भारतीय बिदेश मन्त्री यस जयशंकर पनि नेपाल आएका हुन ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ११ : ३३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क