२० बैशाख २०८१, बिहिबार | May 2, 2024

यू-१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाई



काठमाडौं । आईसीसी पुरुष यू-१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रममा नेपाली क्रिकेट टिमको बिदाई गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाई गरेका हुन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपाल समुह डी मा रहेको छ । नेपाल समुह डी मा पाकिस्तान, न्यूजील्याण्ड र अफगानिस्तानसँग रहेको छ । नेपालको पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने तेस्रो खेल अफगानिस्तानसँग जनवरी २७ मा खेल्ने तालिका रहेको छ ।

विश्वकप खेल्न देव खनालको कप्तानीमा १५ सदस्यीय टिम दक्षिण अफ्रिका जादै छ ।

नेपाली टिममा सिनियर टिममा शानदार प्रदर्शन गरिरहेका अलराउण्डर गुलशन झालाई पनि समावेश गरिएको छ । गुलशन झाले यसअघि यू-१९ एशिया कप पनि खेलेका थिए तर सो प्रतियोगितामा उनले खासै राम्रो खेल्न भने सकेका थिएनन् ।

नेपाली टिममा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १ : ४४ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका