१८ असार २०८३, बिहिबार | July 2, 2026

यू-१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाई



काठमाडौं । आईसीसी पुरुष यू-१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रममा नेपाली क्रिकेट टिमको बिदाई गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाई गरेका हुन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपाल समुह डी मा रहेको छ । नेपाल समुह डी मा पाकिस्तान, न्यूजील्याण्ड र अफगानिस्तानसँग रहेको छ । नेपालको पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने तेस्रो खेल अफगानिस्तानसँग जनवरी २७ मा खेल्ने तालिका रहेको छ ।

विश्वकप खेल्न देव खनालको कप्तानीमा १५ सदस्यीय टिम दक्षिण अफ्रिका जादै छ ।

नेपाली टिममा सिनियर टिममा शानदार प्रदर्शन गरिरहेका अलराउण्डर गुलशन झालाई पनि समावेश गरिएको छ । गुलशन झाले यसअघि यू-१९ एशिया कप पनि खेलेका थिए तर सो प्रतियोगितामा उनले खासै राम्रो खेल्न भने सकेका थिएनन् ।

नेपाली टिममा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १ : ४४ बजे

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक