२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न बुटवल उपमहानगरको माग



बुटवल । नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न बुटवल उपमहानगरपालिकाले संघ सरकारलाई अनुरोध गरेको छ ।

बुटवलको जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गरे । उनले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पूरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताए ।

‘यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्पश्चात् आवश्यकताअनुसार पुनःनिर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनुहुनका लागि सम्माननीय राष्ट्रपतिज्यूमार्फत अनुरोध गर्न चाहन्छु’-प्रमुख पाण्डेयले भने ।

उनले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रुपमा विकास गर्ने बताए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ५९ बजे

दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज हुने सेमिफाइनल

यस्तो छ चलचित्र ‘काजी’को कथा

काठमाडौं । सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको

महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट दुई घाइते

जनकपुर । महोत्तरीमा डाँका चोरीमा संलग्न समूहले गोली प्रहार गर्दा

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का