३० भदौ २०८३, मंगलबार | September 15, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरवैयक्तिक सञ्चार सीप कार्यक्रम



बुटवल । सेवाग्राहीसँग सहज सञ्चार तथा द्वन्द व्यवस्थापन बारे लुम्बिनी प्रादेशिक अस्पतालमा दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको आत्मसम्मानमा कुनै पनि ठेस नपुग्नेगरी काम गर्न निर्देशन दिए ।

अस्पतालमा कुनै एक जना सदस्यले गर्ने गलत व्यवहारका कारण सिङ्गो अस्पतालप्रति सेवाग्राहीको नकारात्मक धारण सिर्जना हुने बताउँदै मेसु थापाले नम्र बोली र सम्मानसहित व्यवहार गर्न आग्रह गरे । अस्पतालले सेवाग्राहीसँगको अन्तरसम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी अस्पतालमा कार्यरतहरुलाई सहजीकरण गर्दै आएको छ ।

अस्पतालमा विहिबार हेल्प डेस्का कार्यरत ५ तथा काउन्टर शाखाका कार्यरत ९ गरी १४ जनालाई सहजीकरण गरिएको थियो । यसैगरी शुक्रबार पनि बहिरङ्ग तथा आकस्मिक कक्षको ल्याव शाखाका कार्यरत १६ जना र सामाजिक सेवा ईकाईमा कार्यरत ५ गरी २१ जनालाई द्वन्द व्यवस्थापन बारे तालिम प्रदान गरिएको थियो । कार्यक्रममा कस्तो अवस्थामा द्वन्द सिर्जना हुन सक्छन् र त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे सहजीकरण गरिएको अन्तरवैयक्तिक सञ्चार विभागकी प्रमुख माधुरी ज्ञवालीले जानकारी दिइन् ।

सीमित श्रोत र साधनका बीच सेवा दिनुपर्दा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले झेल्नु पर्ने दबाबका बीच सेवाग्राहीको अपेक्षासँग कसरी सन्तुलन मिलाउने भन्ने विषयमा छलफल गरिएको ज्ञवालीले बताइन् । सहभागीहरुले सेवा प्रदान गर्ने समयमा भोग्नु परेका समस्या तथा आफूले अनुभव गरेका सकारात्मक घटनाहरु बारेका चर्चासहित छलफल गरेका थिए । द्वन्द व्यवस्थापन सम्बन्धि कार्यक्रमले अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग गरिरहेको विभाग प्रमुख ज्ञवालीले बताइन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : २९ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको