९ कार्तिक २०८३, सोमबार | October 26, 2026

योग र ध्यानको आभ्यासबाट सुशासनको अभियान सार्थक बन्ने : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताएका छन् ।

गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालाको आज उद्घाटन गर्दैै उपप्रधानमन्त्री श्रेष्ठले समाजलाई सकारात्मक मार्गमा डोहो¥याउन र विश्वभर मानवताको प्रवद्र्धन गर्न योगध्यानको महत्वपूर्ण भूमिका रहेको बताए ।

“योग शारीरिक अभ्यास मात्र नभएर मनको विज्ञान पनि हो”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “ध्यानमार्फत व्यक्ति पूर्ण जागृत अवस्थामा पुग्छ, यसबाट व्यक्तिको कार्यक्षमता पनि अभिवृद्धि हुन्छ ।” उनले दैनिक योगाभ्यास तथा ध्यानको प्रयोगबाट तनावमुक्त जीवनयापन, गहिरो शान्ति, सत्चरित्रवान् र ऊर्जावान् बन्न प्रेरित तथा परिणाममुखी काम गर्न सकिने दृष्टान्त दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले योग तथा ध्यानको प्रयोगले प्रशासन र सुरक्षा निकायका कर्मचारीलाई असल मनसायका साथ कार्यसम्पादन गर्न प्रेरित गर्ने तथा राज्यले सुम्पेका जिम्मेवारी पूरा गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे । उनले योग, ध्यान तथा सकारात्मक ऊर्जाको विकासलाई सरकारले थालनी गरेको सुशासनको अभियानसँग जोडेर अघि बढाइएको बताए ।

यसखालका कार्यक्रमबाट गृह प्रशासनका कर्मचारी र सुरक्षाकर्मीको दायित्व तथा जिम्मेवारी झन प्रभावकारी बन्ने उनको विश्वास छ । “सरकारले सञ्चालन गरेको सुशासनको अभियानलाई सफल बनाउन योगध्यान कार्यक्रमबाट सहयोग पुग्नेछ”, उनले भने, “अनियमितता, भ्रष्टाचार र ढिलासुस्तीलाई न्यूनीकरण गर्न पनि ध्यान विज्ञानले सहयोग गर्नेछ ।”

गृह मन्त्रालयले औपचारिक निर्णय गरेर नै प्रत्येक कार्यालयमा कामका सुरुआतमा १५ मिनेट ध्यान गरेर सकारात्मक ऊर्जाका साथ काम गर्ने वातावरण बनाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले नेपाल प्रहरीको आधारभूत तथा सेवाकालीन तालिममा योग तथा ध्यानसम्बन्धी प्रशिक्षण दिइँदै आइएको बताए । उनले प्रहरी तालिमसँगै योग तथा ध्यानलाई पनि जोडेर लगिने उल्लेख गरे ।

जीवन विज्ञानका प्रशिक्षकद्वारा सञ्चालित उक्त ध्यान विज्ञान कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृत, गृह मन्त्रालयका कर्मचारी र प्रशिक्षार्थी गरी दुई सय बढीको सहभागिता छ । कार्यक्रममा योगाभ्यास, प्राणायम, ऊर्जाध्यानको प्रयोग गराइनेछ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ११ : ०९ बजे

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना