१२ श्रावण २०८१, शनिबार | July 27, 2024

संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा गौतम



लुम्बिनी । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन । लुम्बिनीमा शनिबार भएको समाजको दोस्रो अधिवेशन र तेश्रो साधारणसभाबाट गौतम अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

त्यस्तै समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दिपक घिमिरे र राधा बस्नेत (रिया), कोषाध्यक्षमा दशरथ घिमिरे निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यमलाल भुषालले जानकारी दिए ।

त्यसैगरी सदस्यहरुमा टोपराज शर्मा, अमरराज भण्डारी, यमकला भुसाल, छवि पुरी, किरण जिसी, अर्जुन अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै पत्रकार भरत केसीलाई उत्कृष्ट संसदीय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरीएको छ । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाको केसीलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले केसीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित २५ हजार ५२५ रुपैयाँ नगद राशी प्रदान गरिएको छ । दुई दशक लामो समयदेखि पत्रकारिता गर्दै आएका केसी रासस लुम्बिनी प्रदेशका प्रमुख हुन् ।

घनश्याम गौतम संयोजक तथा रेखा भुसाल र दिपक घिमिरे सदस्य रहेको मुल्याङ्कन समितिले केसीसहितको नाम सिफारिस गरेको थियो । कार्यसमितिले केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

९ बुँदे लुम्बिनी घोषणापत्र जारी

शुक्रबारदेखि २ सम्म लुम्बिनीमा भएको समाजको तेस्रो वार्षिक साधरणसभा तथा दोस्रो अधिवेशन ९ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा कानुन सम्मत ढंगले सञ्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्वर्द्धनका लागि तीनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति सरकार समक्ष आग्रह गरेको छ । यसैगरी संसद भवनमा आवश्यक मिडिया सेन्टर निर्माण गर्न तथा सूचनामा सहज पहुँचको प्रबन्ध मिलाउन माग गरिएको छ । अमृत गिरी संयोजक तथा निरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको समितिले तयार पारेको घोषणापत्रलाई सर्वसहमतीमा पारित गरिएको थियो ।

यस्तो छ घोषणापत्रको पूर्णपाठ

१. समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेशको लक्ष्य र संकल्पलाई साकार पार्न संसदको भूमिकालाई प्रभावकारी बनाउन आमसञ्चारको क्षेत्रबाट खवरदारी सहितको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।

२. आमसञ्चारका माध्यमले निर्वाह गरेको असल भुमिकाको उचित कदर र सम्वोधन हुनुपर्नेमा समेत जोड दिन्छ ।

३. प्रेस तथा आमसञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियालाई यथाशीघ्र सम्पन्न गरि सुशासनको अनुभूति दिलाउने तर्फ केन्द्रित रहन सरोकारवाला निकायमा जोडदार आग्रह गर्दछौं ।

४. कानुन सम्मत ढंगले सन्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्बर्धनका लागि तिनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति घोषणापत्रमार्फत सरकार समक्ष आग्रह गर्दछौं ।

५. लुम्बिनी प्रदेश सरकारले देउखुरी उपत्यकामा राजधानी कार्यान्वयन अघि बढाएकाले स्थायी सरकार सञ्चालनका लागि आवश्यक सबै पुर्वाधार निर्माण गर्न, संसद भवनमा आवश्यक मिडिया सेन्टर निर्माण गर्न, सूचनामा सहज पहुँचको प्रबन्ध मिलाउन आग्रह गर्दर्छौ ।

६. प्रदेश सरकार र प्रदेश सभाबाट पत्रकारको समग्र वृत्ति विकासका कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दछौं ।

७. प्रदेशका सञ्चार गृह र संस्थामा पत्रकार महिलाको समावेशी र नेतृत्वमा महिला सहभागीताका लागि लैंगिक निति तथा कार्यक्रम तय गर्न आग्रह गर्दछौं ।

८. श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको ग्यारेन्टी हुनेगरी विशेष व्यवस्था मिलाउन छातासंगठन नेपाल पत्रकार महासंघ र सम्बद्ध निकायहरूको ध्यानाकर्षण गराउँदछौं ।

९. मुलुकको समृद्धि र राजनितिक स्थायित्वका लागि आमसञ्चारको भुुमिका केन्द्रित गर्नका लागि यो पत्रकार समाज प्रतिबद्धता व्यक्त गर्दछ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ५५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान